विदेश

चिनियाँ विद्यार्थीकाे बढ्दाे विदेश माेह, अधिकांशको गन्तव्य अमेरिका

चिनियाँ विद्यार्थीकाे बढ्दाे विदेश माेह, अधिकांशको गन्तव्य अमेरिका
कात्तिक ७ । चीनमा हालका युवा पुस्ताहरु अध्ययनका लागि विदेशीने गरेका छन् । चीनको ‘नेशनल एजुकेशन पोर्टल साईट’ हालै सार्वजनिक गरेकाे एक प्रतिवेदनमा सो जानकारी दिइएको छ। सार्वजनिक भएको सो प्रतिवेदनकाअनुसार गत बर्ष चिनियाँ स्नातक स्तरका ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन्। china-student विदेश गएर उच्चशिक्षा लिने चिनियाँ विद्यार्थीहरुको संख्या अत्याधिक बढ्दै गईरहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०१५मा झण्डै ५ लाख २० हजार विद्यार्थीले विदेशमा गएर पढेका छन् भने सन् २०१६मा त्यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ। विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरु मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ। सो प्रतिवेदनका अनुसार सन् २०१६ मा मात्र अमेरिकामा तीन लाख २३ हजार भन्दा बढी विद्यार्थी गएका छन् ।

America China Student

विशेष