विदेश

जापानमा बम बिस्फोट

जापानमा बम बिस्फोट
कात्तिक ७ । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । LEBANON-UNREST-BLAST जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम विस्फोटनहरु भएका थिए । एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ । सो विस्फोटनहरुमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै दुई घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । सो घटनाहरुमा परेर हताहत भएका तीन व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एक विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार लगातार दुईवटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो । एएफपी

bomb blast in japan Death Japan

विशेष