विदेश

बाबा रामदेवले अविवाहित भएकै कारण अमेरिकाको भिसा पाएनन्

बाबा रामदेवले अविवाहित भएकै कारण अमेरिकाको भिसा पाएनन्
कात्तिक ७ । भारतीय चर्चित योग गुरु बाबा रामदेवलाई एकपटक अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । भिसा नदिनुको कारण भने उनको बैंक एकाउन्ट नहुनु र अविवाहित रहनु हो । ramdev तर, पछि आफैंले बोलाएर १० वर्षको भिसा दिएको रामदेवले बताएका छन् । ४ हजार ५ सय करोड रुपैयाँको सम्पत्ति भएको पतञ्जली समूहका प्रमुखले ग्लोवल इन्भेस्टर्स सम्मेलनमा सम्बोधनका क्रममा सो घटना वर्णन गरेका हुन् । उनले भने, ‘पहिलोपटक अमेरिकाको लागि एप्लाई गर्दा म अस्वीकृत भएँ । मैले यसको कारण सोध्दा उनीहरुले भने कि बाबाजी तपाईंको बैंक एकाउण्ट छैन, जुन मेरो अहिलेसम्म पनि छैन र तपाईं अविवाहित हुनुहुन्छ । तर मैले यसलाई सुधारेर अमेरिका जान नसक्ने बताएँ र उनीहरुले पनि मलाई भिसा दिन अस्वीकार गरे ।’ पहिलो पटक भिसा आवेदन दिएको र अस्वीकृत भएको मिति भने उनले खुलाएनन् । ‘तर उनीहरुले मलाई संयुक्त राष्ट्रसंघको एक कार्यक्रमका लागि बोलाए र आफैले मलाई १० बर्षको भिसा दिए,’ रामदेवले भने, ‘यो अलग कुरा हो ।’ सम्मेलनमा रामदेवका अलावा अनिल अम्बानी र गोपिचन्द हिन्दुजा लगायत थुप्रै भारतीय उद्योगपतिहरु उपस्थित थिए । त्यस्तै भारतीय वित्तमन्त्री अरुण जेट्ली र मध्य प्रदेशका मूख्यमन्त्री शिवराज सिंह चौहान समेत उपस्थित थिए । उनीहरुले आध्यात्मिक नेता तथा अभियान्ता ‘ग्लोबल सिटिजन’ भएको बताए । रामदेवले भने, ‘मैले वित्तमन्त्रीसँग पनि सोधेको थिएँ म कुन हैसियतमा यहाँ छु । म एउटा ग्लोवल सिटिजन्सको हैसियदमा यहाँ छु ।’ पतञ्जली समूहले मध्य प्रदेशको धार जिल्लामा ५०० करोड लागतमा खाद्य उत्पादन युनिटको स्थापना गर्ने बारेमा बिचार गरिरहेको रामदेवले जानकारी दिए । पतञ्जली आयुर्वेद, किचन सामग्री, पोषण, कस्मेटिक्सदेखि व्याक्तिगत सामानको उत्पादन र बिक्रीका लागि उपभोक्तामाझ ब्राण्डको रुपमा स्थापित भएको छ ।

America baba ramdev ramdev visa payenan

विशेष