News

निगमलाई बदनाम गराउने कर्मचारीलाई कारबाही गर्न श्रम समितिको निर्देशन

निगमलाई बदनाम गराउने कर्मचारीलाई कारबाही गर्न श्रम समितिको निर्देशन
कात्तिक ७ । अन्तरर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हवाई सेवा प्रदायक निजी कम्पनीहरुसँगको मिलेमतोमा नेपाल वायु सेवा निगमको साख गिराउने गतिविधि गर्ने कर्मचारीहरुलाई कारबाही गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । nepal-airlines01 नेपाल वायु सेवा निगमका जहाजहरुको उडान सेवा ढिलो गर्ने, अन्तिम समयमा आएर उडान रद्ध गर्ने जस्ता कार्यले निगमको साख गिर्दै गएको समितिको ठहर छ । आइतबार बसेको समितिको बैठकले नेपालको प्रत्येक एयरपोर्टको सुरक्षा सम्बेदनशीलतालाई ध्यानमा राखेर एक्सरे मेसिन तथा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको छ । एयरपोर्टहरुमा वाइफाइ सुविधा राख्न, यात्रु कक्षबाहिर यात्रु पुर्याउने सहयोगिहरु बस्ने व्यवस्था गर्न, सरसफाइलाई ध्यान दिन पनि समितिको निर्देशन छ । सेवालाई चुस्त बनाउन निगमका जहालाई आवश्यक स्पेयर पार्टस् मौज्दात राख्न, निगमको विजनेश प्लान तयार गरी सोही अनुसार फास्ट ट्रयाकबाट अघि बढाउनसमेत निर्देशन दिएको हो ।

nepal arlines nigamlai badnam garaune karmacharilai karbahi

विशेष