विदेश

क्यामरुनमा राष्ट्रिय शोकको घोषणा

क्यामरुनमा राष्ट्रिय शोकको घोषणा
कात्तिक - ७ । क्यामरुनीयन राष्ट्रपति पाउल बियाले आगामी अक्टोवर २४ का दिन राष्ट्रिय शोकको घोषणा गर्ने भएको छ । paul-biya अफ्रिकी मुलुक क्यामरुनमा गत शुक्रबार भएको एक रेल दुर्घटनामा ७० जनाको मृत्यु भएपछि राष्ट्रपति बियाले उक्त शोकको घोषणा गरेका हुन् । राष्ट्रपति बियाले शुक्रबार भएको दुर्घटनामा मृत्यु भएका प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै अक्टोवर २४ का दिन राष्ट्रिय शोकको शनिबार घोषणा गरे । यस्तै राष्ट्रपति बियाले देशैभरी तथा विदेशस्थित कुटनीतिक नियोगमा पनि आधा झण्डा झुकाउने घोषणा गरेका छन् । विदेश भ्रमणमा रहेका राष्ट्रपति बियाले घाइतेहरुको उपचारमा सहयोग गर्न सरकारलाई निर्देशन दिएका छन् भने, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान थाल्न निर्देशन गरेका छन् । क्यामरुनको राजानी याउन्डेबाट आर्थिक राजधानी डाउआलातर्फ गइरहेको अवस्थामा शुक्रबार भएको रेल दुर्घटनामा कयौ यात्रु घाइते पनि भएका थिए । उनीहरुको विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । रेलमा क्षमता भन्दा दोब्बर यात्रु सवार रहेका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । घटनास्थल याउन्डेबाट १२० किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ ।

camroon paul biya president rastriya shok

विशेष