News

'महाभियोग प्रस्तावमा अब विलम्व हुँदैन' - सभामुख घर्ती

'महाभियोग प्रस्तावमा अब विलम्व हुँदैन' - सभामुख घर्ती
कात्तिक ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने भन्दै व्यवस्थापिका–संसदमा दर्ता भएको महाभियोग प्रस्ताव अघि बढेको छ । onsari gharti बुधबार नेकपा एमाले र माओवादी केन्द्रका १५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की्विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए । बिहीबार नै छलफलको मिति र समय तय गर्ने तयारी भए पनि प्रधानमन्त्रीको आग्रहमा बैठक स्थगित गरिएको थियो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले महाभियोग प्रस्तावमा अब विलम्व नहुने धारणा राखिन् । 'महाभियोग प्रस्तावमा अब विलम्व हुँदैन,' उनले संवाददाताहरुसँग भनिन् 'यो प्रस्तावमा चलखेल हुन्छ कि भन्ने आशंका व्याप्त छ । तर यसमा चलखेल हुँदैन ।' उनले यसअघि दलहरुकै आग्रहबमोजिम संसद्को बैठक स्थगित भएको जानकारी गराइन् । यसैबीच महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले महाभियोग प्रस्ताव अब कसैले रोकेर नरोकिने धारणा राखे । सिंहदरबारमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रस्ताव टेबल गर्ने बेला ९ गतेसम्म आफूलाई कसैले मार्न नसके प्रस्ताव टेवल हुने बताए । उनले पार्टी्भित्र र बाहिरबाट पनि विभिन्न खालका दवाव आएको जानकारी दिए ।

BICC lokman singh karki onsari gharti magar sabhamukh

विशेष