स्तनधारी अनुसन्धानकर्ता डामे नेपालमा
कात्तिक ७ । संयुक्त राष्ट्रसंघकी शान्तिदूत तथा स्तनधारी अनुसन्धानकर्ता डामे जेन मोर्रिस गूडल डल्फिन हेर्न नेपाल आएकी छन् । उनले मंगलबार र बुधबार बर्दियाको बबई नदी र त्यसका भंगालाहरुमा डल्फिन अवलोकन गर्नुका साथै डाँडागाउँमा हुने डल्फिन संरक्षणसम्बन्धि महोत्सवमा सहभागी हुने रुट्स एण्ट सुट्स, नेपालले जनाएको छ ।
रुट्स एण्ड सुट्स संरक्षण र वन्यजन्तुरस्तनधारीको संरक्षण शिक्षा बाँड्ने संस्था हो । वन्यजन्तु अधिकारकर्मीसमेत रहेकी उनी रुट्स एण्ड सुट्सले सोमबार काठमाडौंको लिङ्कन स्कुलमा आयोजना गर्ने संरक्षणसम्बन्धि कार्यक्रममा पनि सम्बोधन गर्ने्छिन् ।
चिम्पान्जी र मानवसम्बन्धमा विद्यावारिधी गरेकी ८२ वर्षीया गूडलले तान्जानियाको गोम्बे स्ट्रिम नेशनलपार्कमा ५५ वर्ष अध्ययन गरेकी छन् । दुई वर्षअघि पनि गूडल वन्यजन्तु अधिकारको कार्यक्रममा नेपाल आएकी थिइन् ।
bardiya national park
jame jen morrish guddel
nepalma