'महाअभियोगले सिंगो आयोग परिवारलाई आहात तुल्यायो' - कार्यबाहक प्रमुख बस्न्यात

कात्तिक ७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख दीप बस्न्यातले नेतृत्वविरुद्धको महाअभियोगले सिंगो आयोगलाई आहात तुल्याएको बताएका छन् । तर, निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादन विचलिन नहुने बताए ।
कार्यबाहक प्रमुख भएपछि पहिलो पटक आयोगका कर्मचारीहरुलाई सम्बोधन गरेका बस्न्यातले संसदले गर्ने निर्णय सबैका लागि शिरोधार्य हुने बताए ।
उनले आयोगका कर्मचारीहरुलाई आयोगको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो तुल्याउने गरी काम गर्न निर्देशन दिएका छन् । ‘अनुसन्धान प्रक्रियाको समयको समेत कानुनतः पावन्दी रहेको हुँदा सम्वन्धित अनुसन्धान अधिकृतहरुलाई त्यसतर्फ ध्यान दिन निर्देशन दिनुभयो,’ प्रवक्ता गणेशराज कार्कीले भनेका छन् ।
उनले आयोगमा परेका उजुरीसँग सरोकार रोक्ने जो कसैलाई दुःख नदिने र अनुसन्धानको दायरामा आएका सबैमाथि सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।
Deep Basnyat
