News

जथाभावी सवारी साधन पार्किङ गरे ट्राफिक प्रहरीले टीभीटी टिकट टाँस्ने (टिकटसहित)

जथाभावी सवारी साधन पार्किङ गरे ट्राफिक प्रहरीले टीभीटी टिकट टाँस्ने (टिकटसहित)
कात्तिक - ७ । जथाभावी सवारी साधन पार्किङ गरेर लामो समयसम्म सवारी रोक्ने बानी छ भने आजै सुधार गर्नुहोस् । होइन भने महानगरीय ट्राफिक प्रहरी महाशाखाले टिकट टाँस्न सक्छ । ट्राफिक प्रहरीले सहरी क्षेत्रमा बढ्दो अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न कारवाही स्वरुप टीभीटी (ट्रफिक भायोलेसन टिकट) टाँस्न थालेको हो । traffice महाशाखाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार निषेधित स्थानमा रोकी राखेको चार पांग्रे गाडीको चालकको स्टेरिङको अगाडिको टीभीटी टिकट टाँसिन्छ । टिकट टाँसिएपछि चालकले कारवाही भएको बुझ्नुपर्छ र २४ घण्टाभित्र महाशाखाको कार्यालयमा हाजिर हुनुपर्छ । टाँसिएको टिकटको आधी भागमा नियम उलंघन गरेको कसुर र पछाडिको भागमा नियमबारे लेखिएको हुन्छ । टिकटको अर्धकट्टी महाशाखासँग हुन्छ । त्यसैको आधारमा सवारी चालकलाई कारवाही प्रक्रिया अगाडि बढाउने गर्दछन् । टिकट टाँसिएको २४ घण्टाभित्रमा आएमा न्यनुतम ५ सयदेखि एक हजारसम्म जरिवाना तिनुपर्छ । तोकिएको समयभन्दा ढिला आएमा हजार देखि ५ हजारसम्म जरिवाना तिर्नुपर्ने उनको भनाइ छ । दुइ पांग्रे गाडीलाई सजिलै कारवाही गर्न सकिने मान्छे फेला नपरे सवारी उठाएर तत्कालै कारवाही गर्न सकिन्छ उनले भने ४ पांग्रे गाडीलाई उठाएर गाडीमा राख्ने कुनै प्रविधि नभएकाले टीभीटी टिकट टासेर कारवाहीको अभियान सुरु गरेका हौं । टिकट टाँस्ने अभियान सुरु भएको लामो समय भइसकेपनि महाशाखाले निरन्तरता दिन सकेको थिएन । पछिल्लो समयमा अभियानलाई निरन्तरता दिँदै आएको महाशाखाले बताएको छ । जसका लागि महाशाखाले छुट्टै टीभीटि शाखा नै खडा गरेको छ । महाशाखाले दैनिक ४-५ वटा ४ पांग्रे गाडीमा टिकट टाँस्ने गरेको छ । पहिलो चरणमा जरिवाना तिनुपर्ने व्यवस्था महासाखामा मात्रै गरेको भट्टले बताए । पछि देशव्यापी अभियानकै रूपमा सञ्चालन गरेर प्रभाग तथा बिटमा समेत जरिवाना तिर्ने व्यवस्था मिलाउने तयारी गरिरहेको भटले बताए । अभियान महाशाखा एक्लै सञ्चालन गरेपनि पहिलो चरणमा महानगरसँग समन्वयन गरेर अनुगमन गर्ने गरेको महाशाखाले बतायो । अभियान सञ्चालन गरेपछि जथाभावी गाडी पार्किङ गर्नेको संख्या कमी हुदै गएको तथा प्रतिक्रिया राम्रै आएको भट्टले बताए । महानगरको ६१ स्थानमा मोटरसाइकल तथा चार पांग्रे गाडी पार्किङको लागि स्थान तोकेको छ । तोकिएको स्थानमा अव्यवस्थित तरिकाले पार्किङ गरि राखेको पाइएमा पनि कारवाही हुने काठमाडौं महानगरपालिका प्रहरी महाशाखा प्रहरी नायव उपरीक्षक विष्णु जोशीले बताए । अनुमती वाहेकका स्थानमा लामो समयसम्म पनि पार्किङ गरि राखेको पाइएमा कारवाही हुने उनको भनाइ छ । त्रिपुरेश्वर, कलंकी, दरवारमार्ग, न्युरोड र बौद्धमा अभिायान सञ्चालन गरिएको छ । tvt-ticket-1

traffice police tvs ticket

विशेष