लोकमानविरुद्ध नेपालगन्जमा विद्यार्थीहरुको प्रदर्शन

कात्तिक ७ । अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पास गर्न माग गर्दै विद्यार्थीहरुले बाँकेको नेपालगन्जमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले कार्कीको पुत्लासमेत जलाएका छन् । प्रमुख राजनीतिक दलसम्बद्व विद्यार्थी संगठनहरुले स्थानीय गणेशमान चोकबाट विपी चोकसम्म प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले विपी चोकमा लोकमानको पुत्ला समेत जलाएका थिए ।
प्रर्दशनमा सहभागि विद्यार्थीहरुले लोकमानविरुद्ध नाराबाजी समेत गरे । उनीहरुले सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर र लोकमानलाई कारबाही गर लगायत नारा लगाएका थिए ।
कोणसभामा बोल्ने विद्यार्थी नेताहरुले लोकमानविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव पास गर्न माग आफ्ना माऊ पार्टीसँग माग समेत गरेका थिए ।
विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शनसँगै प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर महाभियोग प्रस्ताव पारितका लागि दबाव दिँदै आएका छन् ।
दबाव अभियानमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र लगायत दल निकट १३ विद्यार्थी संघ–संगठनहरुको सक्रिय सहभागिता छ ।
lokman singh karki
nepalgunj ma bidhyarthiko pradshan
