News

टीकापुर घटनाको मुद्धा फिर्ता लिन माग

टीकापुर घटनाको मुद्धा फिर्ता लिन माग
कात्तिक ७ । कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनाका अभियुक्तका आफन्तले कतिपय निर्दोषलाई झुठा मुद्धा लगाइएको भन्दै मुद्धा फिर्ता लिन माग गरेका छन् । उनीहरुले मुद्धा फिर्ता दिन दवाव दिन संघर्ष गर्नेसमेत बताएका छन् । jail धनगढीमा आईतबार पत्रकार सम्मेलन गरेर मुद्धा फिर्ता लिन माग गरेका छन्। उनीहरुले सरकारलाई दवाव दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको उनीहरुले जनाएका छन्। थापापुर गाविस–६, नवलपुरकी गोकर्णी चौधरीले आन्दोलमा नगएका आफ्ना श्रीमानलाई प्रहरीले पक्राउ गरेर मुद्वा चलाएको बताइन्। ‘श्रीमान आन्दोलनमै जानु भएको थिएन । घटना भएको एक हप्तापछि राति १२ बजे आएर प्रहरीले पक्राउ गरेर लग्यो,’ उनले भनिन्, ‘आन्दोलनमै सहभागि नभएका व्यक्तिलाई मुद्धा चलाइएको छ ।’ घरमा कमाउने व्यक्ति थुनामा पर्दा बिचल्ली भएको उनले बताइन्। ‘निर्दोष आफन्तलाई मुद्धा चलाएर दुःख दिएको छ, ’ उनले भनिन्, ‘पुर्पक्षका लागि थुनामा राखिएकालाई रिहा गरिनुपर्छ।’ गत भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा ८ जना प्रहरी र एक नाबालक मारिएका थिए। विभत्स रुपमा हत्या गरिएको उक्त घटनामा सरकारले ५६ जना विरुद्ध मुद्धा चलाएको छ। अभियुक्तमध्ये ३६ जना फरारको सूचिमा छन् भने अन्य पुरपक्षका लागि कारागारमा छन्। घटनाको निश्पक्ष छानविन गरी निर्दोषलाई तत्काल रिहा गर्नुपर्ने आफन्तको माग छ ।  

Tikapur Ghatana

विशेष