खेल ताजा खबर News

विराट कोहलीको शतकमा भारतले न्यूजिल्याण्डलाई हरायो

विराट कोहलीको शतकमा भारतले न्यूजिल्याण्डलाई हरायो

India New Zealand Cricket

कात्तिक ८ । न्यूजिल्याण्डसँगको तेश्रो एकविदसीय क्रिकेट भारतले सात विकेटले जितेको छ । २ सय ८६ रनको लक्ष्य भारतले ३ विकेट गुमाएर भेट्टायो । । भारतलाई जिताउन विराट कोहलीले नटआउट १ सय ५४ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले ८० रनको योगदान गरे ।

१ सय ३४ बल खेलेका कोहलीले ११ चौका र एक छक्कासहित १ सय ५४ रन बनाए । यो एक दिवसीय क्रिकेटमा उनको २६ औं शतक हो । रोहित शर्मा १३ र अजिन्क्या रहाने ५ रनमै आउट भएपनि तेश्रो विकेटका लागि कोहली र धोनीले १ सय ५१ रनको साझेदारी गरे । ९१ बल खेलेका धोनीले ६ चौका र ३ छक्का हानेका थिए ।

मोहालीमा पहिले ब्याटिङ गरेको न्युजिल्यााण्डले २ सय ८५ रन बनाएको थियो । यससँगै पाँच एकदिवसीय खेलको श्रृँखलामा भारत २–१ को अग्रता लिएको छ ।

Birat Kohali

विशेष