खेल ताजा खबर News

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको शानदार जित

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको शानदार जित

celsii कात्तिक ८ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले भ्रमण टोली म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । चेल्सी पूर्व प्रशिक्षक जोसे मोरिन्होको टिम युनाइटेडले बलमा नियन्त्रण बढी समय राखे पनि गोल गर्न सकेन ।

चेल्सीको जितमा पेड्रो, ग्यारी काहिल, इडन हजार्ड र एनगोलो कान्टेले गोल गरे । पेड्रोले खेल सुरु भएको ३१ औं सेकेण्डमा गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । २१ औं मिनेटमा काहिलले गोल गरेपछि पहिलो हाफमा युनाइटेड २–० ले पछि र्पयो । दोस्रो हाफमा युनाइटेडले खेलमा फर्किने प्रयास गरेको थियो ।

तर ६२ औं मिनेटमा हजार्डले चेल्सीका लागि अर्को गोल गरे । त्यसको ८ मिनेटमापछि कान्टेले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए । जितपछि चेल्सी ९ खेलबाट १९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । चेल्सीले शीर्ष तीन स्थानमा रहेका म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुल भन्दा एक अंकले पछि छ । सिजनको झण्डै एक चौथाइ खेल सकिँदा युनाइटेड भने १४ अंकसहित सातौं स्थानमा छ ।

Primiar Leauge

विशेष