ताजा खबर राजनीति News

एमालेको सुर्य र राप्रापाको गाई चिह्न संकटमा

एमालेको सुर्य र राप्रापाको गाई चिह्न संकटमा

uml-rppn-768x341

कात्तिक ८ । प्रतिस्पर्धी दल एमाले र राप्रपा नेपालको चुनावी चिह्न गुम्ने खतरा देखिएको छ । व्यवस्थापिका –संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रापाको गाई चुनाव चिह्न गुम्नसक्ने खतरा देखिएको हो ।

विधेयकमा राष्ट्रिय झन्डा या चिह्न प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यस्वथा राखिएको छ । चुनावी मिति घोषणा भएपछि निर्वाचनमा भाग लिने दललले निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने हुन्छ । एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको तस्तै पारित हुँदा दुवै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन् । यात उनीहरुले चुनाव चिह्न फेर्न विकल्प रोज्नुपर्छ ।

गत ३० असोज देखि सो विधेयक संसद्मा छलफलको प्रक्रियामा छ । छलफलको प्रक्रिया बढेपछि दुबै दलले चुनाव चिह्न गुम्ने आशंका गर्दै संसदको विधेयक शाखामा प्रावधान खारेजीका लागि संशोधन प्रस्ताव दर्ता गराएको छ । ‘त्यो व्यवस्था नयाँ दलका लागि हो कि पुराना दललाई स्पष्ट छैन,’ एमाले सांसद रेवतीरमण भण्डारीले भने,’ सिंगै झन्डा कि आंशिक खण्ड भन्ने पनि स्पष्ट छैन, विधेयकको प्रावधानले दल दर्तामै रोक लगाउने देखिएपछि हामीले संशोधन हालेका हौं ।

नयाँ पत्रिका

Raprapa Nepal UML

विशेष