News

रानीपोखरी बनाउन सकेन महानगरपालिकाले, अब पुरातत्व विभाग आफैले बनाउने

रानीपोखरी बनाउन सकेन महानगरपालिकाले, अब पुरातत्व विभाग आफैले बनाउने
Photo: Bal Krishna Thapa/ THT

कात्तिक ८ । पुरातात्विक मापदण्डअनुसार काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण गर्न नसक्ने भएको छ । मापदण्डविपरीत पुनर्निर्माण शुरु गरेपछि पुरातत्व विभागले भत्काएर पुनः परम्परागत निर्माण सामग्री प्रयोग गरी बनाउन निर्देशन दिएको थियो । नयाँ डिजाइन पुरातत्व विभागले दिइसकेकोछ, तर महानगरले बनाउन नसक्ने बताएपछि विभागले नै यसको पुननिर्माण गर्ने भएको छ । विभागले रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुननिर्मार्ण गर्ने भएको छ । बाहिर संरचना भने महानगरले नै बनाउने भएको छ । विभागले दिएको नमुना डिजाइनआनुसारको काम काठमाडौं महानगरपालिकाले पा्रविधिक कारणले गर्न कठिन परेकाले पुननिर्माणको जिम्मा विभागलाई दिने निर्णय भएको हो । –कान्तिपुर दैनिकबाट

विशेष