खेल ताजा खबर News

एन्फाको चुनाव आज, कसले मार्ला बाजी ?

एन्फाको चुनाव आज, कसले मार्ला बाजी ?

anfa

कात्तिक ८ । अखिल नेपाल फुटवल महासंघ एन्फाको अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ । एन्फाको निर्वाचन गैरकानुनी तवरले हुन लागेको भनी रोक्नका लागि रेफ्री विनोद केसी र एन्फाका पूर्वमहासचिव लोकबहादुर शाहीले दिएको रिटलाई उल्ट्याउँदै उच्च अदालत पाटनले गत ५ गते फैसला गरेपछि निर्वाचनको बाटो खुलेको थियो । एन्फाले पहिलोपटक निर्वाचनबाट अध्यक्षको छिनोफानो गर्न लागेको हो ।

एन्फाको इतिहासमा दुई वटा एन्फा बने पनि अध्यक्षका प्रत्यासी कहिल्यै दुई जना थिएनन् । पछिल्लो पटक २०६५ सालमा भएको एन्फा निर्वाचनमा अध्यक्षका लागि गीता राणाले उमेद्वारी घोषणा त गरिन् । तर, कार्यसमिति भित्र १० प्रस्तावक र १० समर्थक बटुलेपछि मात्रै उमेद्ववारी दिन पाइने वाध्यकारी व्यवस्थाका कारण उनको उमेद्ववारी नै दर्ता भएन ।

२०५१ देखि २०७२ सम्म अध्यक्ष भएर एन्फा हाँकेका तत्कालीन अध्यक्ष गणेश थामालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि एन्फाको अध्यक्ष पदका लागि नयाँ निर्वाचन हुन लागेको हो । फिफाको इथिक्स कमिटीले भ्रष्टाचार अभियोगमा गत वर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबै गतिविधिमा १० वर्ष प्रतिबन्धसहित २० हजार स्विस फ्रयाङ्क जरिवाना तोकेको छ । आज हुने निर्वाचनले एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पामध्ये एकजनालाई नेतृत्वमा ल्याउनेछ । कसको पल्ला भारी होला त्यो भने निर्वाचनको परिणामले नै तय गर्नेछ ।

Anfa

विशेष