ताजा खबर विदेश News

अमेरिकामा बस दुर्घटना १३ को मृत्यु

अमेरिकामा बस दुर्घटना १३ को मृत्यु

bus-crash

कात्तिक ८ । अमेरिकाको क्यालिफोर्नियामा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा एउटा पर्यटक बस लरीसँग ठोक्किँदा दुर्घटना भएको क्यालिफोर्निया प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । घटनामा अन्य ३१ जना घाइते भएका छन् ।

साल्टन शहरमा रहेको रेड अर्थ क्यासिनोबाट क्यालिफोर्निया फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । क्यालिफोर्नियाको पाल्म स्प्रिङ शहर नजिक भएको दुर्घटनाको कारण भने खुलेको छैन । घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

Bus Crash

विशेष