ताजा खबर विदेश News

प्रहरी कारबाहीमा अठार माओवादी मारिए

प्रहरी कारबाहीमा  अठार माओवादी मारिए

maoist1

कात्तिक ८ । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तमा १८ माओवादी मारिएका छन् । घटनास्थलबाट हतियार र गोलाबारुद बरामद गरेको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट चार थान एके–४७ राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद भएको छ । प्रहरीको आक्रमणबाट कैयौं माओवादी लडाकुहरु घाइते भएको अनुमान गरिएको छ । प्रहरीतर्फ भएको हताहतिबारे केही बताइएको छैन ।

सुरक्षाकर्मीहरुले जंगललाई घेरा हालेका छन् । त्यहाँ थप प्रहरी फोर्स मगाइएको छ । घटनास्थलबाट शव बरामद गर्ने क्रम चलिरहेको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले अनुमान गरेको छ ।

ओडिशाको मलकानगिरी इलाका छत्तिसगढ र आन्ध्रप्रदेशसँग जोडिएको छ । सो क्षेत्रलाई भारतीय माओवादीको गढ मानिन्छ ।

Maosist

विशेष