News

गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ: प्रधानमन्त्री

गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ: प्रधानमन्त्री
कात्तिक ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यका (काठमाडौं, ललितपुर, भक्तपुर)को समग्र विकास एवं प्रशासन सन्चालनमा एकीकृत र समन्वयात्मकरुपमा काम गर्न निर्देशन दिएका छन् । prachanda-nepalaaja प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, संघीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जालगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई सोमबार निर्देशन दिँदै उनले भने–‘एकीकृत र समन्वयात्मक कामलेमात्र परिणाम निकाल्न सकिन्छ ।’ प्रधानमन्त्री दाहालले ‘खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी हुँदैन, भौतिकले गरेको काम स्थानीयलाई थाहा हुँदैन, यसरी एउटा मन्त्रालय वा निकायले गरेको काम अर्को निकायलाई थाहा हुँदैन, यसले कसरी परिणाम निकाल्न सकिन्छ ?’ भन्ने प्रश्न गर्दै परिणाम निकाल्न एकीकृत र समन्वयात्मकरुपमा काम गर्न ती निकायलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । ‘गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ, यसलाई अन्त्य गर्न नयाँ संकल्पको आवश्यकता रहेको छ, म विचार गर्छु हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुन्डिएको महसुस हुन्छ’–उनले भने । प्रम दाहालले ‘केही काम गर्न खोज्यो, विभिन्न खालको अवरोध र दबाब आउने गर्छ’ भन्दै यसकाविरुद्धमा लड्न दृढ संकल्पका साथ कानुनी राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए । बैठकमा प्रम दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डा–खुल्डीलाई मर्मत गर्न, खानेपानी, सडक पूर्वाधार निर्माणमा समन्वयरुपमा काम गर्न निर्देशन पनि दिएको प्रम दाहालको निजी सचिवालयले जनाएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखक र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ–आफ्नो मन्त्रालयको प्रगतिकाबारेमा जानकारी गराएका थिए ।

Prachanda

विशेष