News

मधेस र पहाड अलगअलग बनाउन गरी संविधान संशोधन मान्य छैनः नेता भट्टराई

मधेस र पहाड अलगअलग बनाउन गरी संविधान संशोधन मान्य छैनः नेता भट्टराई
कात्तिक - ८ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् । yogesh-bhattarai नेकपा एमाले व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले भने—“संविधान संशोधन आवश्यकताअनुरुप गर्न सकिन्छ तर मधेस र पहाडलाई अलगअलग हुनेगरी संविधान संशोधन गर्न सकिँदैन ।” सचिव भट्टराईले लोकतान्त्रिक र समावेशी भएकाले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै एमालेको विशेष भूमिकाका कारण सही समयमा संविधान घोषण भएको धारणा व्यक्त गरे । नेकपा एमालेका वैकल्पिक सदस्य एवम् तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य एकबहादुर रानाले यस्ता शुभकामना आदानप्रदान कार्यले सबै जातजाति तथा धर्मलाई एकताबद्ध गर्न सहज हुने बताए । नेकपा एमाले व्यासनगर कमिटी तनहुँका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहिद परिवार तथा पार्टीलाई योगदान पु¥याउने ६० बर्ष माथिका ९० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ ।

yougesh bhattari

विशेष