News

अस्थायी शिक्षकहरुलाई सांसद भीमसेनदासकाे यस्ताे सुझाव

अस्थायी शिक्षकहरुलाई सांसद भीमसेनदासकाे यस्ताे सुझाव
नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले माग पूरा गराउनको लागि अस्थायी शिक्षकहरुलाई आमरण अनशन गर्न सुझाव दिएका छन् । teacher रिपोटर्स क्लब नेपालमा आयोजीत पत्रकार सम्मेलनमा यस्तो सुझाव दिएका हुन् । ‘यो देशमा आमरण अनशन नबसिकन राज्यले सुन्दैन, त्यसैले तपाईहरु पनि आमरण अनशनमा बस्नुहोस्’ उनले भने । उनले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि आफ्नो पार्टी गम्भिर भएको भन्दै संसदमा यो विषयमा कुरा उठाउने समेत प्रतिबद्धता व्यक्त गरे । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे तिहार र छठमापनि आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । समितिले पाँच बुँदे मागसहित आन्दोलन गर्दा समेत सरकारले अहिलेसम्म नसुनेको भन्दै आफूहरु तिहार र छठमा पनि आन्दोलन जारी राख्ने तयारीमा रहेको चेतावनी दिए । कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए । नेकपा (एमाले)का सांसद प्रकाश ज्वालाले राज्यले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि नयाँ शिक्षा ऐन संशोधन गर्नुपर्ने बताए । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको माग पूरा गराउनको लागि सरकार जिम्मेवार रहेको उल्लेख गर्दै वार्ता तथा सहमतिबाटै निकास खोज्नुपर्ने बताए ।

Teacher

विशेष