News

देउसी–भैलो राति १० बजेसम्ममात्र, पटका पड्काउन र बेच्न प्रतिबन्ध

देउसी–भैलो राति १० बजेसम्ममात्र, पटका पड्काउन र बेच्न प्रतिबन्ध
कात्तिक - ८ । गृह मन्त्रालयले तिहारका बेलामा खेलिने देउसी–भैलो राति १० बजेसम्ममात्र खेल्न अनुरोध गरेको छ । यस्तै, मन्त्रालयले तिहार र छठपर्वमा पटका, आतिसबाजी र विस्फोटक पदार्थहरुको उत्पादन, आयात निर्यात, बिक्री–वितरण र प्रयोग नगर्न पनि सबैमा अनुरोध गरेको छ । सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम रातको समयमा गर्दा ‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति–सुरक्षामा असर र्पुयाउनसक्ने हुँदा’ सुरक्षालाई मध्यनजर गर्दै राति १० बजेसम्ममात्र देउसी–भैलो र सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको हो । मन्त्रालयले यसविपरीत कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । grihamantralaya

deosi vailo grihamantralay

विशेष