क्यालिफोर्नियामा सडक दुर्घटना तेह्रको मृत्यु, ३१ जना घाइते
कात्तिक - ८। दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।
‘दुर्घटना भएको अवस्थामा सबै यात्रु सुतिरहेका होलान्’ भन्दै क्यालिर्फोनिया रानमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् । उनले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका छन् । सो दुर्घटनामा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको अगाडि भागमा बसेर यात्रा गरिरहेका छन् ।