विदेश

अमेरिकाको दूरसञ्चार कम्पनी एटीएण्डटीलाई ठूलो रकम खर्चेर टाइम वार्नरले किन्दै

अमेरिकाको दूरसञ्चार कम्पनी एटीएण्डटीलाई ठूलो रकम खर्चेर टाइम वार्नरले किन्दै
कात्तिक–८ । टाइम वार्नरलाई अमेरिकाको दूरसञ्चार कम्पनी एटीएण्डटीले ८५ अर्ब ४० करोड अमेरिकी डलर तिरेर किन्ने भएको छ । ठूलो नै राम्रो हुन्छ भन्ने मान्यता हाबी भएको अमेरिकाको दूरसञ्चार क्षेत्रमा यसलाई सबैभन्दा ठूलो किनबेचका रुपमा लिइएको संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो सेवालाई अझ बृहत् बनाउन एटीएण्डीटीले ठुलो धनराशी खर्च गरेर टाइम वार्नर कम्पनी किनेको हो । टाइम वार्नर प्रबद्र्धन समूहसँग सिएनएन लगायत अन्य सञ्चार कम्पनीपनि छन् । एटीएण्डटी अमेरिकाको सबैभन्दा ठुलो दूरसञ्चार सेवा दिने कम्पनी हो । टेलिफोनको आविस्कारसंग सय वर्ष अघि यो कम्पनी स्थापना भएको थियो । दुवै कम्पनीका तर्फबाट शनिवार अन्तिम रूप दिइएको यो किनबेचलाई अमेरिका सरकारी निकायबाट भने स्वीकृत पाउन भने बाँकी छ ।

AT&T time warner

विशेष