पाकिस्तानमा आक्रमण २० जना रिक्रुट प्रहरीको मृत्यु
कात्तिक ९ । पाकिस्तानको क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा बिद्रोहीले आक्रमण गरेका छन् । हातहतियारसहित आएका आक्रमणकारी प्रहरी तालिम केन्द्र प्रवेश गरेर आक्रमण गरेका हुन् । आक्रमणमा परि तालिम लिँदै गरेका कम्तिमा २० प्रहरी जवानको ज्यान गएको छ । ज्यान जानेको संख्या अझै बढ्नसक्ने आशंका छ ।
आक्रमणमा संलग्न तीन बिद्रोही पनि मारिएका छन् । आक्रणमको क्रममा एक सय ६ जना जवान घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आक्रमणकारी मध्ये दुई जनाले आफैलाई विस्फोट गराएको र एक जनाको सुरक्षाकर्मीको गोली लागेर ज्यान गएको हो । आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको पाकिस्तानी सरकारी अधिकारीले बताएका छन् ।
तालिम केन्द्रमा झण्डै दुई सय ५० जना जवान तथा कर्मचारी थिए । आक्रमणमा घाइते भएकालाई सिविल अस्पतालमा भर्ना गरिएको छ । क्वेटा शहरको अस्पतालमा आपतकाल घोषणा गरिएको छ ।
Pakistan