अर्थ ताजा खबर News

तीन महिनामा भित्रियो एक अर्बको भाइ मसला !

तीन महिनामा भित्रियो एक अर्बको भाइ मसला !

dry-food कात्तिक ९ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न मुलुकबाट भण्डै एक अर्बको सुख्खा फलफुल आयात भएको छ । तिहारलाई लक्षित गर्दे व्यापारीले खरिद बढाएकाले साउन देखि असोज सम्म कुल बार्षिक आयतको एक तिहाई ड्राई फुट्स नेपाल भित्रिएको हो ।

भन्सार विभागको तीन महिने तथ्यांक अनुसार साउन देखि असोज सम्म ९५ करोड ५० लाख रुपैया बराबरको ड्राई फुट्स आयात भएको हो । नेपालमा तिहारका बेला सबैभन्दा धेरै भाइ मसला खरिद हुन्छ । भाइटिकामा दिदी–बहिनीले दाजुभाईलाई टीका लगाएर सगुनका रुपमा दिने भएकाले यसलाई कतिपयले भाइ मसला भन्ने गर्गछन् ।

कान्तिपुर

Dry Food

विशेष