ताजा खबर राजनीति News

महाभियोग प्रस्तावमाथि छलफल आजबाट संसदमा सुरु हुने

महाभियोग प्रस्तावमाथि छलफल आजबाट संसदमा सुरु हुने

lokman-singh-nepalaaja-01

कात्तिक ९ । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आजबाट छलफल हुँदै छ ।अपराहृन ३ बजे बोलाइएको बैठकमा प्रस्तावकले प्रस्ताव गर्नेछन् भने उनले महाअभियोग प्रताव दर्ता गर्नुको कारणबारे आफ्नो मन्तव्य दिनेछन् ।

त्यसपछि महाअभियोग प्रस्तावका समर्थकलाई बोल्न दिइनेछ । त्यसपछि महाअभियोगको प्रस्तावमा छलफल सुरु हुनेछ । छलफलमा महाअभियोगको प्रस्तावमा सैद्धान्तिक छलफल भएका प्रत्येक सदस्यलाई समय दिइनेछ भने दलीय आधारमा बेल्ने भएमा त्यसमा दलको हैसियतबमोजिम समय तोकिनेछ ।

यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।

lokman Mahaviyog Samsad Meeting

विशेष