वेश्यावृत्तिमा लगाउन पाइने आशामा छोरी जन्मिँदा उत्सव मनाइन्छ
एजेन्सी– छोरा जन्मदा खुसी हुने चलन धेरै समाजमा छ । समाजमा छोरीभन्दा छोरालाई बढी महत्व दिने चलन नौलो होइन । तर भारतको गुजरातमा एउटा यस्तो गाउँ छ जहाँ छोरी जन्मिँदा उत्सव मनाइन्छ, त्यो गाउँ हो वाडिया ।
महिलालाई सम्मान दिन त्यहाँ छोरी जन्मिँदा उत्सव मनाउने गरिएको भने होइन । उनीहरु रमाईलो यसकारण मनाउँछन् ताकि उनीहरु छोरी ठूली भएपछि वेश्यावृत्ति गर्न पाउन् । त्यही वेश्यावृत्तिको परम्परालाई अघि बढाउन उनीहरु छोरीको जन्ममा उत्सव मनाउँछन् ।
उक्त गाउँमा सोनल नामकी एक बालीकालाई १२ वर्षको उमेरमा पहिलो पटक एक ग्राहककोमा पठाइएको थियो । बडो मुश्किलले उनी वेश्यावृत्तिको दलदलबाट उम्केकी थिइन् ।
अहिले सोनल २० वर्षकी भइन् । सोनल भन्छिन्, ‘जब मलाई पहिलो पटक कोही ग्राहकसँग पठाइयो त्यसबेला मेरो उमेर १२ वर्ष थियो । त्यो समय मलाई के गर्ने आफैलाई थाहा थिएन । यति मात्र थाहा थियो की, आमाले भनेपछि जे काम पनि गर्नृपर्छ । किनभने मैले सानैदेखि आफ्नी आमालाई पनि यही काम गर्दै आएको देखेकी थिएँ ।
सोनलले यो पनि बताइन् कि उनी तीन कक्षा पढेपछि कहिल्यै विद्यालय गइनन् । सोनलबाहेक गाउँमा उनका उमेरका केटीहरु सबै ग्राहकहरुलाई खुशी पार्नमा व्यसत हुन्थे ।
सोनलका अनुसार उनको जन्म यस्तो घरमा भयो जहाँ उनको आमालाई पनि सोनलका बाबु को हुन् भनेर थाहा थिएन । किनभने सोनलकी आमाको धेरै मानिसहरुसँग शारिरिक सम्बन्ध थियो ।
सोनलका दुई भाइहरु पनि छन् । सोनलले पनि सबैको रेखदेख गर्नका लागि त्यहि काम गरिन् जुन् उनकी आमा गर्दै आएकी थिइन् । एक अनिल नामका ग्राहकलाई भेटेपछि सोनल वैश्यावृत्तिको दलदलबाट उम्कन पाइन् ।
अनिल नाम गरेका उक्त ग्राहकसँग उनको प्रेम भयो । अनिल पैसावाल थिए । सोनलका अनुसार अनिल हरेक हप्ता सोनलकोमा जान्थे । उनीहरबीच कुरा हुँदाहुँदै प्रेम भयो । सोनललाई घरपरिवारले अनिलसँगको सम्बन्ध तोड्न दबाब दिएपछि उनीहर भागेर अहमबाद गए । त्यसपछि उनीहरुले अदालतमा गएर विवाह गरे ।
सोनलले यस्तो गरेपछि गाउँमा ठूलै तहलका मच्चियो । उनका घरपरिवार सोनल घर फर्केको हेर्न चाहन्थे किनभने उनके धन्दाबाट घर व्यवहार चलेको थियो । वाडिया गाउँको इतिहासमा पहिलो पटक सोनलले नै प्रेम विवाह गरेकी थिइन् । दलालहरुलाई सोनलको जस्तै यदि गाउँका अन्य केटीहरु पनि भाग्न थाले भने धन्दा गर्न सकिदैँन भनेर डराएका थिए ।
त्यसकारण उनीहरुले सोनललाई कुनै प्रकारले (जिउँदो वा मृत) गाउँमा फिर्ता ल्याउने सोचे जसका कारण सोनलको जिन्दगीले एकपटक पुनः मोड लियो जब उनलाई थाहा भयो कि अनिल पहिले नै विवाहित थिए ।
सोनल भन्छिन् ‘अनिल मलाई प्रेम गर्दथे र यो कामबाट बाहिर निकाल्नका लागि उनले मसँग विवाह गरे । उनकी श्रीमती उनीसँग बस्दिनथिन्, सम्बन्धविच्छेद गर्न पनि तयार थिइनन् ।’
‘अनिलकी पहिलो श्रीमतीलाई हाम्रो सम्बन्धमा केही रिस थिएन तर मलाई कसैको दोस्रो श्रीमतीको रुपमा हेरिनु ठिक लागिरहेको थिएनँ ।’ यसै हालतमा ‘विचरता समुदाय समर्थन मंच’ नामक संस्थाका मित्तल पटेलले सोनलसँग सम्पर्क गरे ।
मित्तलले भने, ‘वाडियामा यो व्यवसायलाई रोक्न असम्भव जस्तै छ किनभने त्यहाँ दलालको खतरा छ । मैले त्यहाँ स्वास्थ्य र शिक्षाजस्तो स्तरमा लामो समयसम्म काम गरेर मानिसहरुको भरोसा जितेको छु ।’
मित्तलका अनुसार गाउँका करिब ९० परिवार आफ्ना छोरीहरुलाई देह व्यापारबाट बचाएर उनीहरुलाई पढाइरहेका छन् । गाउँमा पहिलो पटक सन् २०१२ मा विवाह गराइयो र त्यहाँ विवाहित महिलालाई उनका श्रीमानले देह व्यापारमा लगाउँदैनन् ।
अहिले सोनल मित्तलको मद्दतले ब्यूटी पार्लरको काम सिकिरहेकी छिन् । उनी अनिललाई प्रेम त गर्छिन् तर उनको दोस्रो श्रीमती बन्न चाहन्नन् ।
सोनलकी आमा र फूपू उनलाई फिर्ता बोलाइरहेका छन् तर अब सोनल वेश्यावृत्तीको दलदलमा फस्न चाहन्नन् ।
मित्तल भन्छन् ‘सोनललाई दलालबाट खतरा थियो, त्यसकारण यहाँका एक पत्रकारको सहायताबाट सोनलको तर्फबाट प्रधानमन्त्रीलाई खुला पत्र लेखियो । दिल्लीबाट यो पत्रको जवाफ आयो त्यसपछि गृह मन्त्रालयले सोनलको सुरक्षाको जिम्मा लिएको छ ।’
सोनलका अनुसार गाउँमा १२ वर्षकी किशोरीलाई एकै दिनमा ३०–३५ ग्राहकसँग पठाइन्छ । त्यहाँ गर्भपतन त निकै सामान्य कुरा हो । कसैलाई कोही राम्री लागे आफूसँगै राख्छन् र उनको परिवारलाई हरेक महिना पैसा दिन्छन् ।
सोनल भन्छिन्, ‘थुप्रै महिलाले गाउँमा विवाह गरेपछि उक्त काम गर्दैनन् । मेरो र फूपूको घर चलाउन मैले पनि महिनामा ३० हजारसम्म कमाउने गर्थे ।’
आफ्नो गाउँका कम उमेरका किशोरीहरुले यस्तो काम गर्न नहुने उनी बताउँछिन् । उनको अठोट आफूजस्तैलाई मद्दत गर्ने रहेको छ ।