जे.सि.बी. दुर्घटना हुँदा चालकको मृत्यु
कात्तिक - ९ । दैलेखको अवलपराजुल ४ बसखर्क ताउरेमा मंगलबार बिहान ९:३० बजे जे.सि.बी. दुर्घटना हुँदा चालककको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २४ बर्षीय पूर्ण बहादुर बुढा रहेका छन् । जे.सि.बी. रारा हाएड्रोपावरको नहर खन्ने क्रममा सडकबाट २५ मिटर तल खसेको थियो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Dailekh
Death
JCB
JCB durghatana huda chalakko mirtue