News

‘हामी हारेको कोसँग हो ?’ स्वास्थ्यमन्त्री थापा

‘हामी हारेको कोसँग हो ?’ स्वास्थ्यमन्त्री थापा
कात्तिक - ९ । नेपाली कांग्रेसका सांसद एवं स्वास्थ्यमन्त्री गगन थापाले लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्दा दलका शीर्ष नेताहरुले गम्भीर गल्ती गरेको बताएका छन् । Gagan_Thapa_performing_speech_in_Sydney कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै थापाले आफ्नो पार्टीमा कुनै हालतमा यस्तो गल्ती गर्नु हुदैँन भन्दा भन्दै नियुक्ति भएको स्मरण गरे । त्यसबेला आफूसहितका नेताहरुले तत्कालीन सभापति र राष्ट्रपतिले हामी हार्याैं भनेको भन्दै उनले संसदमा प्रश्न गरे, ‘हामी हारेको कोसँग हो ?’ यो लोकमान सिंह कार्कीसँग जोडिएको विषय मात्र नभई स्वाभामानसँग जोडिएको उनले बताए । उनले अघि भने, ‘जबसम्म हामीले कोसँग हारेको छाति पिटेर भन्न सक्दैन, तबसम्म जति संविधान बनाएपनि केही हुँदैन । त्यसकै वरिपरि घुम्छ ।’

Gagan Thapa

विशेष