News

'लाेकमान नियुक्ती गर्नु नै विवादास्पद छ' - नेता सिपी मैनाली

'लाेकमान नियुक्ती गर्नु नै विवादास्पद छ' - नेता सिपी मैनाली
कात्तिक - ९ ।  ब्यवस्थापिका संसदमा अख्तिायर आयुक्त प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको महाअभियोग प्रस्तावमा बोल्ने क्रममा नेकपा मालेका नेता सिपी मैनालीले प्रस्तावमाथि पूर्ण समर्थन रहेको बताएका छन् । cp_mainali उनले भ्रष्टचारप्रति शून्य सहनसिलता हुनुपर्ने बताए । आयोग संविधान, ऐन कानुनवद्ध र कार्यदेशमा हुनुपर्ने बताए । उनले लाेकमान नियुक्ती नै विवादास्पद रहेको बताए । संसदमा बाेल्दै सांसद जितेन्द्र नारायण श्रेष्ठले  देश राजनीतिक ढंगले संकक्रमणकालिन अवस्थामा रहको बताए । उनले राष्ट्रिय सहमतीको राजनीतिको आरम्भ गर्न सुझाव दिए । सदनले कार्कीविरुद्धको अभियोगलाई अगाडि बढाउन सकरात्मक ढंगले आएकोले खुशी लागेको बताए । उनले यो प्रस्ताव अगाडि बढ्ने बताए । संसदले उपयुक्त निर्णय गर्न आफू विश्वस्त रहेको बताए । राप्रापा नेपालकी नेता कुन्ती शाहीले नेपाल नेतादेखि सामान्य ब्यक्तिसम्म भ्रष्ट रहेको बताइन् । उनले यो देशमा कस्तो वातावरण बन्दै गइरहेको छ भन्दै प्रश्न गरिन् । उनले यो राम्रो सुरुवात भएको बताइन् । लोकमानविरुद्धको प्रस्ताव राम्रो रहेको बताउँदै राष्ट्रिय सहमतीका आधारमा निर्णय लिन आग्रह गरिन ।

CP mainali jitendra narayan shrestha

विशेष