महाअभियोग प्रस्तावमाथिकाे छलफल छठसम्मका लागि स्थगित
कात्तिक – ९ । व्यवस्थापिका संसदको बैठक अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धकाे महाअभियोग प्रस्तावमाथिकाे छलफल छठसम्मका लागि स्थगित गरिएकाे छ । अभियाेग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएको हाे ।
संसदको मंगलबारको बैठकमा कार्कीविरुद्धकाे महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो । अाजकाे बैठकमा सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाइ पछि सारिएकाे हाे ।
सभामुख ओनसरी घर्तीले संसद बैठक छठपछि २५ गते बस्ने गरी स्थगित गरेकी छन् । तर तिहारको सार्बजनिक विदा सुरु हुन भने चार दिन बाँकी छ ।
अाजकाे बैठकमा श्वास्थ्य मन्त्री गगन थापा, कुन्ती शाही, सिपी मैनाली, रामहरी खतिवडा, भानुभक्त ढकाल, अनुराधा थापामगरलगायतका सांसदले अाफ्नाे धारणा राखेका थिए ।
BICC
Sansad vawan