News

अख्तियारले लोकमानकी छोरीसहित ११ ‘विज्ञ’लाई हटायो

अख्तियारले लोकमानकी छोरीसहित ११ ‘विज्ञ’लाई हटायो
कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमानसिंह कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाई हटाएको छ । ciaa_nepal-akhtiyar आयुक्तहरुको छलफलपछि यो कदम चालिएको हो । स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ । उनीहरु कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए । यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ । यसैगरी अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल र सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई अख्तियारबाट हटाइएको छ । यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ । विज्ञ भनिएका ति व्यक्तिहरु अख्तियारलाई आवश्यक नभएकाले हटाइएको अख्तियार स्रोतले बतायो ।

Akhtiyar durupayog anusandhan aayog

विशेष