News

परराष्ट्रमन्त्री महत भोली भारत भ्रमण जाने

परराष्ट्रमन्त्री महत भोली भारत भ्रमण जाने
कात्तिक ९ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि भारतको नयाँ दिल्ली जाने भएका छन् । prakashsharan-mahat मन्त्री महत आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन लागेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बुधबार त्यसतर्फ जान लागेका हुन्। बैठकमा नेपालका तर्फबाट मन्त्री डा महतले प्रतिनिधित्व गर्नेछन्। बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने मन्त्री महतले बताए। बैठकमा आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि कुरा उठाउने मन्त्री महतले बताए। बैठकमा नेपाल–भारतबीचका विभिन्न समयमा भएका सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल पनि हुनेछ। मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

bharat bharaman jane prekash sharan mahat

विशेष