News

प्रधानमन्त्री दाहालद्वारा आतङ्ककारी आक्रमणको निन्दा

प्रधानमन्त्री दाहालद्वारा आतङ्ककारी आक्रमणको निन्दा
कात्तिक - ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटास्थित प्रहरी कलेजमा केहीको ज्यान जाने र घाइते हुने गरी सोमबार राति भएको आतङ्ककारी आक्रमणको निन्दा गरेका छन् । प्रधानमन्त्री दाहाल प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई आज एक सन्देश पठाई नेपाल सरकार कुनै पनि प्रकारका आतङ्ककारी आक्रमणको निन्दा र आतङ्कवादविरुद्धको लडाईंमा ऐक्यबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले पाकिस्तानी प्रधानमन्त्रीका तर्फबाट आक्रमणमा परी ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

pakishtan pakistan war Prachanda

विशेष