News समाज

कार्कीले कारबाही नटुगिंदै राजीनामा दिएको खुलासा

कार्कीले कारबाही नटुगिंदै राजीनामा दिएको खुलासा

lokman कात्तिक १० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेका हुन् ।

उनको उक्त राजीनामा २०६५ असोज ४ गते स्वीकृत भएको थियो । भूकम्पमा हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चको चेतावनीपछि फाइल भेट्टाएको हो।

कुनै व्यक्तिले आफूमाथि कारबाहीकै क्रममा राजीनामा दिए उसले सफाइ पाउने हुँदैन,’ कार्की विरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पुनरावलोकनको निवदेन दिएका अधिव्क्ता ओमप्रकाश अर्याल भन्छन्, ‘सफाइ पाएपछि राजिनामा दिए मात्रै उ निर्दोष ठहरिने होर उहाँको हकमा त्यस्तो देखिएन ।’ कान्तिपुर

lokman

विशेष