ताजा खबर विदेश News

क्लिन्टनले तेस्रो विश्व युद्धको तयारी गरेका ट्रम्पको आरोप

क्लिन्टनले तेस्रो विश्व युद्धको तयारी गरेका ट्रम्पको आरोप

Donald Trump कात्तिक १० । अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले तेस्रो विश्व युद्धको तयारी गरेको आरोप लगाउएकी छन् ।

सिरिया सम्बन्धमा क्लिन्टनको विदेश नीतिले तेस्रो विश्व युद्ध निम्त्याउने ट्रम्मले आरोप लगाएका हुन् । अमेरिका सिरियाका राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हट्न सहमत गराउन नभइ बिद्रोही संगठन इस्लामिक इस्टेटलाई परास्त गर्न लाग्नु पर्ने ट्रम्पको भनाई छ । डेमोक्र्याटिक उम्मेदवार क्लिन्टनले सिरियामा नो–फ्लाइ जोन बनाउनु पर्ने प्रस्ताव गरेकी छन् । क्लिन्टनको योजना अनुसार सिरियामा नो–फ्लाइ जोन बनाएमा रुससँग विवाद बढ्ने केहीले बताएका छन् ।

यसले गर्दा अमेरिकाको लडाईं आइएस वा सिरियासँग नभइ सिरियासँगै रुस र इरानसँग पनि अमेरिकाको लडाईँ हुने, जसका कारण तेस्रो विश्व युद्ध निम्तने ट्रम्पको भनाई छ । आफ्नो उम्मेदवारको पक्षमा एकताबद्ध नभएको भन्दै ट्रम्पले रिपब्लिकन पार्टीको पनि आलोचना गरेका छन् ।

Donald Trump

विशेष