ताजा खबर पर्यटन News

घुम्नै पर्ने संसारका देशहरुमा नेपाल पाँचौ स्थानमा

घुम्नै पर्ने संसारका देशहरुमा नेपाल पाँचौ स्थानमा

nepal कात्तिक १० । विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ ।

मंगलबार सार्वजनिक भएको सूचीमा नेपाल पाँचौं स्थानमा परेको हो । दक्षिण एसियाबाट सूचीमा पर्ने एक मात्र देश नेपाल हो । लोन्ली प्लानेटले हरेक अंग्रेजी वर्षको अन्त्यतिर आउँदो वर्ष घुम्न योग्य विश्वका उत्कृष्ट देश तथा स्थानको सूची सार्वजनिक गर्छ ।

यो सूचीको पहिलो स्थानमा क्यानडा, दोस्राेमा कोलम्बिया, तेस्रोमा फिनल्याण्ड तथा चौथोमा डोमिनिका छन् । यस्तै बर्मुडा छैटौं स्थानमा, मंगोलिया सातौं, ओमान आठौं, म्यानमार नवौं र इथियोपिया १० औं स्थानमा छन् ।

nepal

विशेष