ताजा खबर राजनीति News

राजदूत रेले सोधे लोकमानका क्या होगा ?

राजदूत रेले सोधे लोकमानका क्या होगा ?

ranjit-ray-e1429624146459 १९ तारिक अर्थात (३ कात्तिक) दिउँसो भारतीय राजदूत निवास इण्डिया हाउसको आँगनमा देखिएको रमाइलो हो यो । नेपाली पत्रकार थिए, १३ भाइ । ठ्याक्कै त्यही बेला हो, लोकमानका विरुद्व महाअभियोग प्रस्ताव दर्ता गर्न प्रचण्ड र ओलीबीच सल्लाह भएको ।

राजदूत रञ्जित रेले सोधे, ‘लोकमानका क्या होगा ?’ काठमाडौं पोष्टका अनिल गिरीले भने, ‘सबैको आँखा तपाईतिर छ । भारतले जे चाहन्छ, त्यही हुन्छ ।’

राजदूत रेले भने, ‘सबै कुरामा भारतलाई जोड्न भएन । यो त नेपालको आन्तरिक मामिला हो । नेपाल–भारत सम्बन्ध सुधार हुँदै आएको छ । अब नयाँ ढंगले जानुपर्छ । सुरक्षामा हामीलाई अलिक बढी चिन्ता हो । यहाँ शान्ति नहुँदा हामीतिर पनि असर पर्छ ।’

नयाँ पत्रिकाका पर्शुराम काफ्लेले भने, ‘एकातिर काश्मिरलगायत फ्रन्टलाइनमा बसेर नेपालीले भारतको सुरक्षा गरिरहेका छन् । अर्कातिर, नेपालको पहाडीभेगमा भारतविरोधी भावना बढ्दो छ । तपाईंहरु खाली रोटी–बेटीको कुरा मात्रै उरालिरहनुहुन्छ ।’

राजदूतले जवाफ दिए, ‘होइन, होइन । विल्कुल त्यस्तो होइन । अस्ति भर्खर पनि म मनाङ गएँ । भव्य स्वागत पाएँ ।’ ऋषि धमलाले भने, ‘ऐसा कुछ नहीँ है । भारतले राम्रो गरिरहेको छ । यहाँ भारत विरोधी कोही छैनन् । ऐसा हो ही नहीँ सक्ता है ! आफू काम नगर्ने, भारतको मात्र एकोहोरो विरोध गर्ने ? हाम्रो आन्तरिक मामिलामा भारत कहाँ इन्भल्व छ ?’

रातो टाइ लगाएर पुगेका ऋषिलाई राजदूतले हाँस्दै धाप मारे । उनी ३५ मिनेट ढिलो पुगेका थिए ।

जनआस्था

Ranjit Ray

विशेष