News समाज

झापाबाट काठमाडौं आउन प्लेनको टिकट काटेका सांसद एकाएक बेपत्ता भएपछि...

झापाबाट काठमाडौं आउन प्लेनको टिकट काटेका सांसद एकाएक बेपत्ता भएपछि...

rabin-koirala कात्तिक १० । शनिबार साँझ सूचना आयो, ‘एमाले सांसद रविन कोइराला शुक्रबारदेखि सम्पर्कमा हुनुहुन्न ।’ कोइराला साँच्चै सम्पर्कविहीन भएका हुन् या केही कारणवश घर फर्किन ढिला भएको हो, यो नबुझी झापाका एक संचारकर्मीले फेसबुकमा स्ट्याट्स पोष्ट गरिदिए ।

कुनै दिन आफूले सांसद कोइरालासँग अन्तर्वार्ता लिँदै गरेको तस्बिर पनि अपलोड गर्न भ्याए । झापा मेचीनगर–१० निवासी कोइराला शनिबार साँझसम्म पनि सम्पर्कमा नआएपछि खोजी सुरु भयो ।

स्रोतका अनुसार उनी शनिबार काठमाडौं जाने तयारीमा थिए । प्लेन टिकट पनि काटेमा थिए । तर, एकाएक टिकट आइतबारका लागि सारेर सिलगुढी प्रस्थान गरेको बुझिन्छ । कोइराला सम्पर्कबाहिर रहेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो ।

एसपी शैलेश थापा तुरुन्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगे । इन्स्पेक्टर नेतृत्वको टोलीलाई इण्डियन काउन्टर पार्ट समक्ष पठाए । एसपी थापा इप्रका काँकडभिट्टामै बसेर यसबारे बुझ्न व्यस्त भए ।

‘उहाँ शुक्रबार नै भारत जानुभएको रहेछ, अहिलेसम्म नेपाल नफर्किँदा सबैमा चिन्ता बढेको छ, हामी प्रयासमा छौं’ एसपी थापाले भने । सांसद कोइराला कोसँग, केका लागि र कति बजे भारत प्रस्थान गरेका थिए भन्नेबारे बताउन नचाहेका एसपी थापाले भने, ‘हामी बुझ्दै छौं, अहिले सबै भन्न मिल्दैन ।’

यता प्रहरी सांसद कोइरालाको खोजीमा जुटिसकेको थियो, कोइराला भने फेसबुकमा अनलाइन देखिन्थे ।

जनआस्था

Rabin Koirala Rabin Koirama

विशेष