ताजा खबर News समाज

भारतीय राष्ट्रपतिलाई बुद्ध एयरले बोक्ने

भारतीय राष्ट्रपतिलाई बुद्ध एयरले बोक्ने

budda-air

कात्तिक १० । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म गर्ने नेपाल भ्रमणका क्रममा काठमाडौंबाट जनकपुर र पोखरा जाँदा बुद्ध एयरले चार्टर सेवा दिने भएको छ ।

मुखर्जी कात्तिक १७ गते बुधबार भारतीय वायुसेवाबाट काठमाडौं आउँदैछन् । उनले काठमाडौंका अतिरिक्त जनकपुर र पोखरा भ्रमण गर्ने तालिका सार्वजनिक भइसकेको छ ।

राष्ट्रपति मुखर्जी १९ गते बिहान काठमाडौंबाट बुद्ध एयरको जहाज चार्टर गरेर जनकपुर जाने भएका छन् । जनकपुरमा एक घण्टाको कार्यक्रम सकेर उनी पोखरा जानेछन् । पोखराबाट सोही दिन काठमाडौं फर्कने र भारत प्रस्थान गर्ने भ्रमण तालिका छ ।

बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले ४२ सीट क्षमताका एटीआर ४२ नामक दुईवटा जहाज एक दिनका लागि चार्टरमा प्रयोग हुने जानकारी दिए ।

विशेष