विचित्र विश्व विदेश

विवाहको फोटो साथीलाई पठाउँदा सम्बन्धविच्छेद !

विवाहको फोटो साथीलाई पठाउँदा सम्बन्धविच्छेद !

साउदी अरबको एक दुलहाले स्न्यापच्याटमा फोटो पठाएको भन्दै आफ्नी नवदुलहीसँग सम्बन्धविच्छेद गरेका छन् । उनकी नवदुलहीले विवाह समारोहको एउटा फोटो महिला साथीलाई फोटो पठाउने एपमा पठाएको थाहा भएपछि ती दुलहाले सम्बन्धविच्छेदको लागि फाइल गरेका हुन् ।

साउदी मिडियाका अनुसार दुबैले कार्यक्रमको तस्बिर र भिडियो सेयर नगर्ने भन्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बेहुलाका भाइका अनुसार उनकी दिदी र भिनाजुबीच विवहापूर्व नै स्न्यापच्याट, इन्स्टाग्राम र ट्वीटरजस्ता सोसल मिडिया प्लेटफर्ममा आफ्ना कुनै पनि तस्बिर सार्वजनिक नगर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

दुर्भाग्यपूर्ण ति दुलहीले यो शर्तलाई पालना गरिनन् र विवाहको तस्बिर आफ्नी महिला साथीलाई स्न्यापच्याटमार्फत पठाइन् । उनका श्रीमानले अचम्मित गरिदिने निर्णय लिँदै विवाह रद्द गरिदिने बारे सोचेका थिए ।

दुलहाको यो निर्णयका कारण बेहुलीका परिवार निकै तनावमा छन् । दुलहीको परिवारले यस कुरालाई अन्याय मानेका छन् । उता बेहुलाको परिवारको भनाई अनुसार उनीहरुसँग सम्बन्धविच्छेदको लागि ठोस् आधार रहेको बताइएको छ ।

Divorce in Saudi Arab

विशेष