७ अन्जान पुरुषहरुसँग यौन सम्बन्ध राख्नु पर्ने अनौठो परम्परा
एजेन्सी– हरेक देशमा फरक—फरक संस्कृति, परम्परा, रीतिरिवाज मान्ने मानिसहरु बसोबास गर्दछन् । कैयौँ परम्परा यस्तो पनि हुन्छ जुन परम्पराको बारेमा थाहा पाएपछि अनौठौ लाग्छ । यस्तै अनौठौ परम्परा इन्डोनेसियामा पनि रहेको छ ।
इन्डोनेसियाको बाली द्धीपमा मनाइने एक परम्परागत चाड अनुसार यहाँ हरेक महिलाले एक वषर्मा सात अन्जान पुरुषहरुसँग यौन सम्बन्ध बनाउनु पर्दछ । यस चाडको नाम पाँन रहेको छ । यस चाडमा महिलाहरु अन्जान मानिसहरुसँग शारीरिक सम्बन्ध बनाउने गर्दछन् । यस परम्परा अनुसार अन्जान मानिससँग सम्बन्ध बनाए पश्चात एकअर्काको मनको इच्छा पूरा भएको मान्ने गर्दछन् ।
त्यति मात्र नभएर तिनिहरुको पारिवारीक जीवनमा खुसी बनिरहने पनि उनीहरु विश्वास गर्दछन् । यहाको नियम अनुसार पुरुषहरुले अन्जान महिलासँग सम्बन्ध बनाए पश्चात महिलालाई १० डलर दिने गर्दछन् । तर यहाँको यस परम्पराको चुनौती वेश्यावृति बनिरहेको छ । यहाँ धेरै संख्यामा यौन पेसामा संलग्न महिला पनि पुग्ने गरेका छन् । कयौँ पटक मानिसहरु यौन रोगको चपेटामा पनि पर्ने गरेका छन् ।
यो चाड वर्षमा सात पटक मनाउने गरिन्छ । यस चाडको नियम अनुसार महिलाहरुले हरेक पर्वमा नयाँ अन्जान मानिस खोजेर उनीहरुसँग सम्बन्ध बनाउने पर्ने हुन्छ । यदि कुनै पनि महिलाले पुरानो साथीसँग सम्बन्ध बनाएमा उनीहरुको इच्छा पूरा हुदैन् ।