धावनमार्गमा चरा मरेपछि त्रिभुवन विमानस्थल बन्द

कात्तिक १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मरेको चरा भेटिएपछि बुधबार बिहान करिब डेढघण्टा विमानस्थल बन्द भएको छ ।
धावनमार्गमा नै मरेको चरा भेटिएपछि सरसफाइका लागि डेढ घण्टा विमानस्थल बन्द गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
जहाजमा चरा ठोकिएर मरेको वा अन्य कुनै कारणले मरेको भन्ने खुलेको छैन । विमानस्थल बन्द गरिएसँगै डोमेस्टिक र इन्टरनेसनल उडानहरु डाइभर्ट गरिएको थियो ।
Banda
tribhuuban international airport
