अपहरणपछि आइएसद्वारा ३० नागरिककाे हत्या

कात्तिक - १० । अफगानिस्तानमा बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले ३० जना नागरिकको अपहरणपछि हत्या गरेका छन् ।
आइएसका लडाकुले अफगानिस्तानको घोर प्रान्तबाट अपहरण गरेका ३० नागरिकको हत्या गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । जंगलमा दाउरा संकलन गर्न गएका बेला आइएसका लडाकुले सर्वसाधारण नागरिकलाई अपहरण गरेका हुन् ।
अपहरणकारीको चङ्गुलबाट भाग्ने प्रयास गरेका बेला आइएसका लडाकुले उनीहरुको गोली हानेर हत्या गरेका हुन् । ज्यान जानेमा बालबालिका पनि छन् ।
आइएसका एक लडाकुको पनि ज्यान गएको घोरका गभर्नरले बताएका छन् । अफगानिस्तानका केही क्षेत्रमा आइएसले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
Afaganstan
Death
ISIS
