News

नापी कार्यालयमा आगलागी, १९ घाइते

नापी कार्यालयमा आगलागी, १९ घाइते
कात्तिक १० । जिल्ला नापी कार्यालय मकवानपुरमा आगलागी भएको छ । दमकलको सहायतामा जनपथ, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चौधरीले बताइन् । fire-crop1 आगलागीमा परी कर्मचारी तथा सेवाग्राही गरी १९ जना घाइते भएका छन् । हेटौँडाको कान्तिराजपथस्थित भाडाको घरको दोस्रो तल्लामा रहेको कार्यालयमा आगलागी भएपछि आत्तिएर हाम फाल्ने अधिकांश घाइते भएका छन् । केही आगोको धुँवामा निसास्सिएर घाइते भएको एसपी चौधरीले बताइन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कार्यालयको तल्लो तलामा रहेको होटलमा रहेको ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीका कारण नापी कार्यालयका महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी छ।

aglagi makawanpur napi karyalaya

विशेष