नापी कार्यालयमा अागलागी, घाइतेकाे संख्या ७० पुग्याे
कात्तिक १० । बुधबार अपराह्न करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।
घाइतेमध्ये २५ जना हेटौँडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
त्यस्तै अन्यको हेटौँडा का चुरेहिल अस्पताल र हातजोर्नी अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो नापी कार्यालयका कार्यालय प्रमुख अजयकुमार रावतसहित १० जना कर्मचारी घाइते भएको रावतले जानकारी दिएका छन् । आगो नियन्त्रण गर्ने प्रयास भइरहेको भएपनि के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको मकवानपुर जिल्ला प्रशासन कार्यालयका कामु प्रजिअ हरिप्रसाद पन्तले जानकारी दिए ।
ghayete
makawanpur napi karyalayama aaglagi