प्रधानमन्त्री निवासमा प्रमुख तीनदलको बैठक बस्दै

कात्तिक – १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले संविधान संशोधन र चैतमा गर्ने भनिएको निर्वाचनमा विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । तीनदलका शीर्ष नेता सहभागी हुने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता सहभागी हुने बैठकमा महाभियोग प्रस्तावका विषयमा पनि छलफल हुने बताएको छ । संविधान प्रति असन्तुष्ट जनाइरहेका मधेसी मोर्चाले संविधान संशोधन गर्ने विषयमा महाभियोग प्रस्ताव ल्याएर मुख्य विषय ओझेलमा पार्ने काम भएको भन्दै आपत्ति जनाइरहेका छन् ।
सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका १५७ सांसदले हस्ताक्षर गरी अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएपछि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस माओवादी केन्द्रसँग सशंकित बनेको छ । कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन् ।
dalko baithak basdai
nekapa maobadi
nekapa umale
Nepali Congress
pradhanmantri mantri parisadko karyalaya
