हाइटेन्सन लाइन छुँदा जलेर मृत्यु
कात्तिक–१० । भारतमा विजुलीको हाइटेन्सन लाइन छुँदा एक पुरुषको दुवै खुट्टा जलेर मृत्यु भएको छ ।
भारतको छत्तिसगढको एक गाउँमा चुँडेको विजुलीको हाइटेन्सन तार छुँदा ती पुरुष जलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
लत्रिएको उक्त तारमा ११ हजार भोल्टको विजुली आपुर्ति भैरहेको समेत समाचारमा जनाइएको छ । परेवा गाउँमा रहेका ६५ वर्षीय देवनाथ बिहानै झिसमिसेमा खेतमा जान लाग्दा विजुलीको तारको चपेटामा परेका थिए ।
उनलाई गाउँलेहरुले आधा शरीर जलेको अवस्थामा फेला पारेका थिए । लत्रिएको तार लापरवाहीपूर्वक राखिएको भन्दै गाउँलेहरुले विद्युत प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् ।
–एजेन्सी
Death
hightension volt
India