विदेश

किर्गिजस्तानका प्रधानमन्त्री अताम्वयवले राजीनामा दिने

किर्गिजस्तानका प्रधानमन्त्री अताम्वयवले राजीनामा दिने
कत्तिक - १० सत्ता समीकरणमा सघाएको किर्गिज राष्ट्रपतिको दल सरकारी गठबन्धनबाट बाहिरिए पछि प्रधानमन्त्री अलमाजवेक अताम्वयवले सरकारबाट राजीनामा दिने भएका छन्। राष्ट्रपतिको दल र प्रधानमन्त्रीबीच यहाँको राजनीतिक विषयमा खिचातानी भएपछि गठबन्धन तोडिन पुगेको बताइएको छ। विज्ञप्तिमा प्रधानमन्त्री अताम्वयवले वर्तमान् सरकारबाट राजीनामा गर्ने पत्रमा हस्ताक्षर गरिसकेका जनाइएको छ। यद्यपि प्रधानमन्त्री अताम्वयवले नयाँ गठबन्धनका लागि मुलुकका अन्य दलसँग पहल गरी छिट्टै अर्को सत्ता समीकरण बनाउन पहल थाल्ने विश्लेषकहरुको भनाई छ। राजनीतिक सङ्कटबाट ग्रस्त पूर्व सोभियत राज्य किर्गिजस्तानमा गत वर्षको संसदीय निर्वाचनपछि अप्रिलमा बनेको सरकारले स्थायित्व पाउने आशा गरिएको थियो। अताम्वयव मुलुकको छैठौँ प्रधानमन्त्री हुन्। सन् २०१० मा चलेको आन्दोलन र जातीय हिंसामा करिब ५०० नागरिकले ज्यान गुमाए पनि यी आन्दोलनमा उठाएका मुद्दा समाधान हुन नसक्दा मुलुक र राजनीतिक खिचातानीका बीच अघि बढिरहेको छ।

rajinama अलमाजवेक अताम्वयव

विशेष